global ime bank Long Banner Ad

गृहपृष्ठ चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको नयाँ राजा घोषित

चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको नयाँ राजा घोषित

चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको नयाँ राजा घोषित

राजा चार्ल्स तृतीयलाई औपचारिक रूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ । लन्डनस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नवनरेश घोषणा गरिएको हो ।

त्यसअघि, राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो । घोषणासभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए । गएको बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायतको संविधानानुसार युवराज चार्ल्स स्वतः राजा भएका हुन् ।

शुक्रबार नै उनले राजसिंहासन सम्हाल्दै दिवंगत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवं निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे ।

राष्ट्रका नाममा गरेको सम्बोधनमा नवनरेश चार्ल्सले भने, ‘मलाई यो महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगत छ, म यो गहन जिम्मेवारी इमानदारी एवं सजगताका साथ निर्वाह गर्नेछु ।’

प्रकाशित समय : १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु