global ime bank Long Banner Ad

गृहपृष्ठ सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी फाइल तस्बिर ।

सत्ता गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँट टुंग्याउन छलफलमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

आगामी निर्वाचनमा जाँदा कुन दलले कति सिट लिने भन्ने विषय टुंगाेमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् । सिट बाँडफाँट टुंग्याउन गठन भएको कार्यदलले अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएपछि शीर्ष नेताहरू पछिल्ला दिनमा निरन्तर छलफलमा जुटिरहेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा तालमेल गर्ने सहमति गरेअनुसार सिटको भागबण्डा मिलाउन सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको थियो ।

कार्यदलले दर्जनौँ पटक छलफल गरे तापनि सिट बाँडफाँटका नटुंगिएपछि अधुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो ।

प्रकाशित समय : १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु