global ime bank Long Banner Ad

गृहपृष्ठ सन्दीप लामिछानेले भने– ‘म निर्दोष छु, केही दिनभित्रै देश फर्कन्छु’

सन्दीप लामिछानेले भने– ‘म निर्दोष छु, केही दिनभित्रै देश फर्कन्छु’

सन्दीप लामिछानेले भने– ‘म निर्दोष छु, केही दिनभित्रै देश फर्कन्छु’

बलात्कारको अरोप लागेका सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् उनले आफू निर्दोष रहेको र कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कने बताएका छन् ।

उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) छोडेर नेपाल फर्कन लागेको जानकारी दिएका छन् । साथै आफूमाथिको आरोप सामना गर्न तयार रहेको उनले लेखेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ ।

१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएर काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तान र टिमबाटै निलम्बन गरेको जनाएको छ ।

बलात्कारको आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरूद्धका प्रमाण संकलन सुरू गरेको छ ।

अहिले लामिछाने सीपीएलका लागि वेस्ट इन्डिजमा रहेका छन् ।

प्रकाशित समय : ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु