global ime bank Long Banner Ad

गृहपृष्ठ मार्भल टेक्नोप्लास्ट दोस्रो वर्ष पनि सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनर

मार्भल टेक्नोप्लास्ट दोस्रो वर्ष पनि सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनर

मार्भल टेक्नोप्लास्ट दोस्रो वर्ष पनि सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको साझेदारीले दोस्रो वर्ष पनि निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट पुनः टोलीको ‘एक्सिलेन्स पार्टनर’का रूपमा आबद्ध भएको हो।

बुधबार आयोजित कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले साझेदारी सम्झौतामा हस्ताक्षर गरे।

सम्झौतापछि खड्काले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताउँदै यसले दुवै संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले ब्रान्ड प्रवर्द्धन, बजार विस्तार र व्यावसायिक विकासका क्षेत्रमा सहकार्य अझ प्रभावकारी हुने बताए।

उनका अनुसार मार्भल टेक्नोप्लास्टजस्ता स्थापित कम्पनीको निरन्तर साथले नेपाल प्रिमियर लिग मात्र नभई समग्र नेपाली क्रिकेटको व्यावसायिक विकास र दीर्घकालीन उन्नयनमा टेवा पुग्नेछ।

मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष सन्चेतीले सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताउँदै आगामी संस्करणका लागि टोलीलाई सफलताको शुभकामना दिए। उनले नेपाल प्रिमियर लिगले खेलमार्फत राष्ट्रिय एकता र नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरे।

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको तयारीमा रहेको सुदूरपश्चिम रोयल्सले विभिन्न व्यावसायिक साझेदारसँगको सहकार्यलाई विस्तार गर्दै आएको छ। पहिलो र दोस्रो संस्करणमा उपविजेता बनेको रोयल्स प्रतियोगिताकै ठूलो समर्थक आधार (फ्यानबेस) भएको टोलीका रूपमा परिचित छ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु