काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जापान पठाइदिन्छु भनी १३ लाख ठगी गर्ने पक्राउ

10.37K
shares

जापान पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमामा पारी पीडितबाट १३ लाख रुपैयाँ लिइ उनी सम्पर्कविहीन भएकी थिइन् ।

मिनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–३१ सुविधानगरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ ।