डल्फिनको चाडपर्व अफर: सामान खरिद गर्दा विदेश घुम्ने अवसर
वि.सं.२०७९ भदौ २० सोमवार १३:०६
shares

आउँदो चाडपर्वलाई लक्षित गरी त्रिवेणी प्लास्टो पोलिमर्स प्रालिबाट उत्पादित ‘डल्फिन ब्रान्ड’का प्लास्टिक फर्निचरका सामानहरू खरिद गरेबापत कम्पनीले ग्राहकलाई लक्षित गरी विभिन्न उपहार लिएर आएको छ ।
कम्पनीका अनुसार यही भदाै १६ देखि मंसिर १५ गतेसम्म डल्फिन ब्रान्डका सामानहरू खरिद गरेवापत उपभोक्ताले खरिद गरेको बिल मोबाइल नम्बर ९८४७६८३१०२ मा ह्वाट्सएप वा भाइबरमा पठाउनु पर्नेछ । प्राप्त भएको सबै बिलहरू मध्येबाट कम्पनीले गोलप्रथाबाट विजेताहरूको छनौट गर्नेछ ।
विजेताहरू मध्यबाट केहीलाई थाइल्याण्ड टुर र केहीलाई नेपालकै कुनै स्थानमा हेलिकप्टरमार्फत घुमाइने छ । साथै केही जोडीलाई पाँचतारे होटेलमा एक रात बिताउने सुवर्ण अवसर प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

























