गृहपृष्ठ मुस्ताङ उडेको समिट एयरको जहाज ७ मिनेटमा पोखरा फर्कियो

मुस्ताङ उडेको समिट एयरको जहाज ७ मिनेटमा पोखरा फर्कियो

मुस्ताङ उडेको समिट एयरको जहाज ७ मिनेटमा पोखरा फर्कियो

पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज ७ मिनेटमै फर्किएको छ । बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा एकाएक समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको हो ।

१८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।

‘इन्डिकेसनमा समस्या देखिएको भन्दै क्याम्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेका छन्’ सुवेदीले भने, ‘समस्या के हो भन्ने कुरा इन्जिनियरहरुले चेकजाँच गरेपछि पत्ता लाग्ला ।’

जहाजको सामान्य अवस्थामै अवतरण गरिएको छ ।

प्रकाशित समय : ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु