global ime bank Long Banner Ad

गृहपृष्ठ अग्नि ग्रुपको नयाँ २ एस सर्भिस सेन्टर दमकमा

अग्नि ग्रुपको नयाँ २ एस सर्भिस सेन्टर दमकमा

अग्नि ग्रुपको नयाँ २ एस सर्भिस सेन्टर दमकमा

नेपालका लागि महिन्द्रा फोरव्हीलरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो । २ एस सर्भिस सेन्टरको उद्घाटन दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले सामुहिक रुपमा गरे ।

अग्नि ग्रुपले हाल नेपाल अधिराज्यभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको जनाएको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नि ग्रुपले आफ्ना सेवाहरु यसरी नै नेपालभर विस्तार गर्ने कम्पनीको योजना छ ।

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु