global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई र मुथुट फिनकर्पबीच सम्झौता

आइएमई र मुथुट फिनकर्पबीच सम्झौता

आइएमई र मुथुट फिनकर्पबीच सम्झौता

नेपाल करिडोरको रेमिटेन्स प्रवर्द्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा मुथुट फिनकर्प लिमिटेडका सीईओ साजी वर्गीस र आइएमईका गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।

गत बुधबार भारतमा आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवं प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै मुथुट फिनकर्प लिमिटेडका सीईओ साजी वर्गीसले भने, ‘हाम्रा ३६०० शाखामार्फत भारतमा बसोबास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम हो ।’

आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले भारतमा आइएमईको पहुँच विस्तार भएको बताए । आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इण्डो–नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्वपूर्ण हुने धारणा राखे ।

नेपाली आप्रवासीहरूले मुथुट फिनकर्प लिमिटेडको ३ हजार ६०० भन्दा बढी शाखामध्ये कुनै पनि शाखाबाट नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्नेछन् ।

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु