nmb bank

गृहपृष्ठ सीजीनेटको (मेगा जोडी र ग्राण्ड जोडी) अफर सञ्चालनमा

सीजीनेटको (मेगा जोडी र ग्राण्ड जोडी) अफर सञ्चालनमा

सीजीनेटको (मेगा जोडी र ग्राण्ड जोडी) अफर सञ्चालनमा

इन्टरनेट सेवा प्रदायक कम्पनी सीजीनेटले स्काईकम सँगको सहकार्यमा वहुप्रतिक्षीत आईपीटिभी सेवा सीजीनेट जोडी योजना सुरु गरेको छ ।

ग्राहकको आवश्यक्ता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले आइतबारदेखि सीजीनेट मेगा जोडी र सीजीनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सीजीनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् ।

आइपीटिभीअन्तर्गत २ सय ५७ च्यानल उपलब्ध हुने छन् भने ती च्यानलमध्ये १ सय २५ वटा एचडी र १ सय ३२ वटा एसडी च्यानल हुनेछन् । ती मध्ये ५० भन्दा बढी इन्टरटेनमेन्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानललगायतका च्यानलहरु हुनेछन् ।

यस्तै, यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्कलगायत छन् । सीजीनेटले आफ्ना ग्राहककालागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा सुरु गरेको हो ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु