nmb bank

गृहपृष्ठ अग्नि ग्रुपद्वारा कुरिनटार महिन्द्राको थ्रीएस शोरुम स्थापना

अग्नि ग्रुपद्वारा कुरिनटार महिन्द्राको थ्रीएस शोरुम स्थापना

अग्नि ग्रुपद्वारा कुरिनटार महिन्द्राको थ्रीएस शोरुम स्थापना

अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती क्षेत्र कुरिनटार महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जा सहितको सुविधा सम्पन्न शोरूम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सु-सज्जित आधिकारिक शोरुम हो ।

महिन्द्रा अटोमोबाइल्सका सबै श्रृंखलाका सवारी साधनसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल लगायतले उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी बलकाे विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका प्रमुख एसएसपी अन्जनी कुमारी पोखरेल, काली बहादुर गण भरतपुरका गणपति अच्युत घिमिरे, सशस्त्र प्रहरी बल १६ नम्बर गण आपँटारीका एसपी मनोज थापा पनि उद्घाटन कार्यक्रममा उपस्थित थिए । यसका साथै राष्ट्रिय अनुसन्धान कार्यालय चितवनका अनुसन्धान उपनिर्देशक शेरजंग चन्द, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माद्वारा बिहीबारका दिन अन्य स्थानीय  प्रतिनिधिसहित संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

‘कुरिनटार र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम, सर्भिस र स्पेयर पार्टस सेन्टर स्थापना गरिएको हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक/कृषिकर्मीले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु