गृहपृष्ठ लक्ष्मी सन्राइज क्यापिटलद्वारा बाढीपीडितलाई २१ लाख ५७ हजार सहयोग

लक्ष्मी सन्राइज क्यापिटलद्वारा बाढीपीडितलाई २१ लाख ५७ हजार सहयोग

लक्ष्मी सन्राइज क्यापिटलद्वारा बाढीपीडितलाई २१ लाख ५७ हजार सहयोग

काठमाडौं । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले गत भदौ १० गते रसुवालगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ।

भोटेकोसी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको आवश्यकता सम्बोधन गर्न, राहत तथा उद्धारका प्रयासमा सहयोग पुर्‍याउन र प्रभावित समुदायको पुनर्स्थापनामा योगदान गर्ने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कर्मचारीहरूको व्यक्तिगत योगदानसमेत संकलन गरी उक्त रकम राहत कोषमा जम्मा गरेको हो।

लक्ष्मी सन्राइज क्यापिटलले बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, उद्धार गरिएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु