nmb bank

गृहपृष्ठ माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्टबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्टबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्टबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता भएको छ । बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापछि बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिंक गरी विभिन्न सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस्तै, ग्राहकले उक्त वालेटमार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिंक गरी मोबाइल टपअप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित समय : १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु