काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्टबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

17.87K
shares

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता भएको छ । बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापछि बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिंक गरी विभिन्न सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस्तै, ग्राहकले उक्त वालेटमार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिंक गरी मोबाइल टपअप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।