विश्वको उत्कृष्ट ट्रेल रनमा नेपालकी सुनमाया बुढाले जितिन् रजत
वि.सं.२०७९ भदौ ११ शनिवार १४:२८
shares

नेपालकी सुनमाया बुढाले विश्वको उत्कृष्ट ट्रेल रनमा रजत पदक जितेकी छन् । फ्रान्समा भएको यूटीएमबी सय किलोमिटर रेसमा नेपालकी उनी दोस्रो बनेकी हुन् ।
द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धामा उत्रिएको सुनमायाले निर्धारित दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरिन् ।
सुनमायालाई छोटो समयमा पछि पार्दै फ्रान्सकी ब्लान्डिनी ल हिरोन्डेली पहिलो बनिन् । उनले ११ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । तेस्रो बनेकी अमेरिकाकी अबी हलले निर्धारित दुरी १२ घण्टा १२ मिनेट ५६ सेकेन्डमा पुरा गरिन् । मंगलबार सुरु भएको ट्रेल रन सुनमायाले शुक्रबार राति पूरा गरेकी थिइन् ।
यस दौडलाई विश्वको कठिन दौड मानिन्छ । यूटीउमबी विश्वको सबैभन्दा ठूलो ट्रेल रन मध्येको एक हो । करिब एक हप्तासम्म चल्ने यस प्रतियोगितामा सबै विधामा गरी २५ सयभन्दा बढी खेलाडी सहभागी हुने गर्छन् ।

























