गृहपृष्ठ आई पे रेमिटको नयाँ योजना सार्वजनिक
आई पे रेमिटको नयाँ योजना सार्वजनिक
हिन्दु नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरि आई पे रेमिट प्रालिले ‘तिजको रमझम, i pay remit को गीतमा Tiktok बनाई नाचौँ छमछम’ विशेष योजना र्सावजनिक गरेको छ ।
यस योजना भदौ १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेछ । यस योजना अन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप ५००, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप १५००० र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले २०,००० प्राप्त गर्ने छन् ।
यस विशेष योजनामा मलेशिया, जापान कोरियालगाएत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिटर्माफत धेरै भन्दा धेरै कारोबार गरि योजनालाई सफल वनाइदिन सम्पुर्ण सेवाग्राहीलाई आई पे रेमिटले अनुरोध गरेको छ ।
प्रकाशित समय : १७:५१ बजे


















