गृहपृष्ठ नेपाललाई १३१ रनको लक्ष्य
नेपाललाई १३१ रनको लक्ष्य
फाइल तस्बिर ।
घरेलु टोली केन्याले टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको हो ।
केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्दै नेपाललाई १३१ रनको लक्ष्य दिएको हो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे । यस्तै, लुकास ओउचले ३० रन जोड्दा नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन जोडे ।
बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पार्दा आदिल अन्सारी र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
प्रकाशित समय : १८:०२ बजे

















