nmb bank

गृहपृष्ठ स्थापना दिवसमै चार पूर्वमन्त्री किन अनुपस्थित ?

स्थापना दिवसमै चार पूर्वमन्त्री किन अनुपस्थित ?

स्थापना दिवसमै चार पूर्वमन्त्री किन अनुपस्थित ?

 

एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीसहित विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा अनुपस्थित भएका छन् ।

पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री अनुपस्थित हुँदा एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी भित्र पनि आन्तरिक द्वन्द्व कायमै रहेको बुझ्न त्यति गाह्रो हुँदैन ।

एक जना मात्र होइन, यसअघि एकीकृत समाजवादीबाट मन्त्री भएका चारै जना अनुपस्थित भएका हुन् । चार जना जिम्मेवार नेता तथा पदाधिकारी हुन् । उनीहरु नै अनुस्थित भएपछि समाजवादी भित्रको आन्तरिक द्वन्द्व सेलाउन नसकेको बुझ्न सकिन्छ ।

कार्यक्रममा चार जना अनुपस्थित हुनुमा मन्त्री पदबाट फिर्ता बोलाइएको असन्तुष्टि रहेको बुझिएको छ ।  २२ जेठ ०७९ मा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका खतिवडा, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आले, शहरी विकास मन्त्री झाँक्री र श्रम रोजगार मन्त्री श्रेष्ठलाई एकीकृत समाजवादीले मन्त्री पदबाट हट्न निर्देशन दिएको थियो ।

एकीकृत समाजवादीको यो निर्णयलाई चार जनाले नै असन्तुष्टि व्यक्त गरेका थिए । ०७८ भदौ ९ मा पार्टी दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीमा १७ जना पदाधिकारी छन् ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु