काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महिला साफ च्याम्पियनसिप : काठमाडाैं आइपुग्यो भुटानी टोली

9.14K
shares

साफ महिला च्याम्पियनसिप खेल्न भुटानको फुटबल टिम काठमाडौं आइपुगेको छ । भुटान नेपालमा केही अभ्यास खेल खेल्ने तयारीस्वरुप केही अगाडि नै नेपाल आइपुगेको हो । आसन्न साफका लागि नेपाल आइपुग्ने पहिलो टिम भुटान नै हो ।

बिहीबार बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र नेपाली राष्ट्रिय महिला टिमका पूर्व खेलाडी दीपा अधिकारी लगायतले स्वागत गरे । २१ भदौदेखि दशरथ रंगशालामा हुने प्रतियोगिता खेल्न भुटानी टिम झण्डै दुई हप्ता अगाडि नै नेपाल आइपुगेको हो ।

सन् २०१९ पछि कोभिड १९ का कारण निरन्तर हुन नसकेको साफ फेरि नेपालमै हुन लागेको छ । यसअघि २०१९ मा पनि नेपालकै विराटनगरमा भएको थियो । फाइनलमा नेपाललाई पराजित भारतले उपाधि जितेकाे थियाे ।

प्रतियोगितामा आयोजक नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स सहभागी हुने निश्चित छ । भारत भने फिफाको प्रतिबन्धका कारण सहभागी हुने/नहुने भन्ने निश्चित छैन ।