गृहपृष्ठ श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ जारी गर्दै
श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ जारी गर्दै
श्रृजनशील लघुवित्तले आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५ प्रतिशत अथवा १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोष र ०.५ अर्थात् ५ हजार ४ सय ७० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
यस्तै, बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धकमा रहेको छ ।
प्रकाशित समय : ११:४५ बजे




















