काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुमारी बैंकले ‘केबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र जारी गर्ने

8.78K
shares

कुमारी बैंकले १० वर्ष अवधिको ‘केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले भदौ १७ गतेबाट ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको हो ।

यस्तै, बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १२ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।

बैंकको यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइने छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

यो ऋणपत्रमा छिटोमा भदौ २१ गते सम्म आवेदन दिन सकिनेछ सो अवधिमा बिक्री नभएमा भने भदौ ३१ गतेसम्म भर्न सकिने बैंकले जनाएको छ ।