गृहपृष्ठ अवैध संरचना हटाउँदै महानगर, काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्याे डोजर
अवैध संरचना हटाउँदै महानगर, काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्याे डोजर
अवैध रुपमा बनेका संरचनाहरु भत्काउन काठमाडौं महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएकाे छ । महानगरले केही दिनयता यस कार्यलाई तीव्रता दिएको छ ।
मंगलबार नयाँ बानेश्वर क्षेत्रमा अन्डरग्राउण्ड पार्किङमा सञ्चालन गरिएका पसलमा डोजर चलाएको महानगरले बुधबार पनि उक्त अभियानलाई निरन्तरता दिएको हाे । दुवै दिन मेयर बालेन साह आफैं फिल्डमा उत्रिएका छन् ।
महानगरले आज सुन्धारास्थित काठमाडौं मलको अगाडिको अवैध संरचनामा सञ्चालित पसल भत्काएकाे छ । त्यसैगरी, खिचापोखरीस्थित आरबी कम्प्लेक्सका अव्यवस्थित पसलहरू महानगरले भत्काइदिएकाे छ । रञ्जनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई भने पुनः मिति दिएएको छ ।
नक्सा पास नगरी बनाइएका संरचना भत्काइएको महानगरले जनाएको छ । पार्किङस्थल भनी नक्सा पास गरेर बनाइएका अन्डरग्राउण्ड संरचनाहरू व्यापारिक प्रयोजनमा प्रयोग भएको भेटिएपछि महानगरपालिका एक्सनमा उत्रिएकाे हाे ।
प्रकाशित समय : १५:२८ बजे



















