गृहपृष्ठ मिस नेसन नेपाल २०२२ को फिनाले शुक्रबार हुने
मिस नेसन नेपाल २०२२ को फिनाले शुक्रबार हुने
आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुने भएको छ ।
प्रतियोगितामा सहभागीहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेश र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरि मिस नेसन नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले यहि भाद्र १० गते थापाथली स्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुती दिने आयोजक ललिता सापकोटाले बताएकी छन् ।
बिजेताले मिस नेसन नेपाल २०२२ को ताज साथै नगद १ लाख, विभिन्न फेशन शो र रनवेमा सहभागीता, म्यूजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापनमा अवसर प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनमा सहभागीहरु स्टेजमा उत्रिनेछन् ।
मिस नेसन नेपाल २०२२ का निर्णायक मण्डलको रुपमा ध्रुव बुढाथोकी (म्यानहन्ट इन्टरनेशनल २०१७), सन्ध्या शर्मा (मिस नेपाल इन्टरनेशनल २०२२) र सुमित राणा (काष्ठमाण्डप टेलिभिजन सञ्चालक) रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिएको आयोजकले जनाएको छ ।
प्रकाशित समय : १५:२८ बजे



















