काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भागबण्डा मिलाउन शीर्ष नेताको बैठक बस्दै, गठबन्धनमा अरु दल पनि थपिने

10.42K
shares

सिट बाँडफाँडका लागि बनाएको कार्यदलले भागबण्डाको विषय टुंग्याउन नसकेपछि गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलबीच भागबण्डा मिलाउने विषयमा लगातार बैठक बसिरहेको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

आजको बैठकले सिट बाँडफाँटका सन्दर्भमा निष्कर्षमा पुग्ने सम्भावना रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए ।

सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले मापदण्डमा छलफल गरे पनि ठोस प्रस्ताव तयार पार्न सकेको छैन । शीर्ष तहबाट बाँडफाँटको मापदण्डमा सहमति जनाएपछि निर्वाचन क्षेत्रको बाँडफाँट हुने बताइएको छ ।

गठबन्धनमा बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान माओवादीमार्फत सहभागी भइसकेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सहभागी गराउनेबारे छलफल भइरहेको छ ।