गृहपृष्ठ बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने मंगलबार अन्तिम दिन
बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने मंगलबार अन्तिम दिन
बैंक अफ काठमाण्डू लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब १० करोड रुपैयाँ बराबरका ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
जसमध्ये ६० प्रतिशत अर्थात ६६ करोड बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ४४ करोड बराबरको ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
कम्पनीले ७ वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘बीओके डिबेञ्चर, २०८६’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित समय : १०:१७ बजे


















