काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बार्सिलोनाको पहिलो जित

9.2K
shares

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलाेनाले रियल सोसिडाडलाई ४-१ गोल अन्तरले पराजित गरेकाे हाे ।

याे जित बार्सिलोनाका लागि सिजनै पहिलो हो । बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । ओसुमाने डेम्बेले र अन्सु फातीले एक/एक गोल थपे । सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए ।

याे जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना पाँचौं स्थानमा रहेको छ । सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा छ ।