गृहपृष्ठ फोहर व्यवस्थापनमा रेडक्रसका स्वयंसेवको सहयोग
फोहर व्यवस्थापनमा रेडक्रसका स्वयंसेवको सहयोग
मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् ।
यसक्रममा उनीहरुले आज बिहानदेखि काठमाडौं महानगरपालिकाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र काठमाडौं महानगरपालिकाकै गाडीमा राखेर पठाउने कामको सुरुवात गरेका हुन् ।
सो अभियानमा नेरेसो काठमाडौं जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ । शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिए । उनले भने,’सफाइ कार्यक्रमको पहिलो दिन आज बिहान बागवजार,कमलादी र पुतलीसडक क्षेत्रमा फोहर व्यवस्था गर्ने काम भयो । यस अभियानले स्वच्छ काठमाडौं बनाउन सहयोग मिल्छ । सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ ।’
प्रकाशित समय : १३:१२ बजे


















