global ime bank Long Banner Ad

गृहपृष्ठ मूल्यावृद्धिले खाद्यान्न ढुवानी प्रभावित

मूल्यावृद्धिले खाद्यान्न ढुवानी प्रभावित

मूल्यावृद्धिले खाद्यान्न ढुवानी प्रभावित

काँक्रेविहार  । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगरमा रहेको खाद्य गोदाममा अत्यावश्यक दैनिक उपभोग्यवस्तु भरिभराउ रहेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएका ढुवानीकर्ताले भाडा महँगो हुने भन्दै ढुवानी रोकेपछि खाद्यान्न प्रदेश कार्यालयमा थन्किएको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानी भाडा महँगो भएको कारण देखाइ खाद्यान्न ढुवानी कार्य प्रभावित भइरहेको प्रदेशिक कार्यालय प्रमुख केशवराज बुढाले जानकारी दिए ।

भाडाका सम्बन्धमा मूल्य समायोजन नभएको भन्दै ढुवानीको काम रोकिएको उनले बताए । सुर्खेतबाट कर्णालीका १० जिल्लामा खाद्यान्न ढुवानी हुँदै आएको छ ।

हिमाली जिल्लामा चिसो मौसममा हिउँले बाटो अवरुद्ध हुने भएकाले यो समय पालिकासँग कम्पनीले सम्झौता गरेर खाद्यान्न ढुवानीको काम तीव्रताका साथ गर्नुपर्नेमा त्यो कार्य प्रभावित भएको छ । मूल्यवृद्धि भएसँगै त्यस क्षेत्रमा ३० प्रतिशत मात्र खाद्यान्न ढुवानी भएको छ ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु