काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

1.09K
shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेडा ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, आलु रातो (मुडे) ४८ रुपैयाँ, भारतीय रातो आलु ४२ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ३० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ, डल्लो भन्टा ४० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ तथा घिउ सिमी (लोकल) ९० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ८० रुपैयाँ, भटमासकोसा ९० रुपैयाँ, तितो करेला ६० रुपैयाँ, लौका ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग १०० रुपैयाँ, पालुङ्गो साग १५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ, न्यूरो १०० रुपैयाँ, ब्रोकाउली १७० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३५० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो १३० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो ३५० रुपैयाँ, अनार २५० रुपैयाँ र तरबुजा (हरियो) ६० रुपैयाँ तोकिएको छ ।