काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

1.55K
shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो २:०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरूका साथै सातै प्रदेशका प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

सानेपामा बस्ने उक्त बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीका आन्तरिक सङ्गठनात्मक विषयहरूमा गहन छलफल हुने कांग्रेसले जनाएको छ।