गृहपृष्ठ देउवा समूहले मुगुमा तिलक मल्ललाई खटायो केन्द्रीय प्रतिनिधि
देउवा समूहले मुगुमा तिलक मल्ललाई खटायो केन्द्रीय प्रतिनिधि
नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनका लागि मुगुमा तिलकबहादुर मल्ललाई केन्द्रीय प्रतिनिधि खटाएको छ ।
देउवा समूहले पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा गठन गरेको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार मुगुका लागि महासमिति सदस्य मल्ललाई केन्द्रीय प्रतिनिधि खटाएको हो ।
जिल्लादेखि वडासम्मका विभिन्न ६ वटै तहका अधिवेशनका लागि ३ असोजभित्र तयारी समितिहरू गठन गर्ने गरी केन्द्रीय प्रतिनिधिहरू खटाइएको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘ केन्द्रीय कार्यसमितिको आधिकारितासम्बन्धी विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामात विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेकोले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको १५ औं महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहका तयारी समितिहरू गठन गर्ने समयसीमा पनि तोकिएको छ।
प्रकाशित समय : १२:४९ बजे


















