गृहपृष्ठ आज श्रीकृष्ण जन्माष्टी पर्व, के छ यसको धार्मिक महत्व ?
आज श्रीकृष्ण जन्माष्टी पर्व, के छ यसको धार्मिक महत्व ?
‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरलगायत मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल छ । भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शनका लागि राष्ट्रपति जाने चलन छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।
यही महत्वलाई बिशेष मानी यो पर्व धुमधामले मनाउदै आइएको छ ।
प्रकाशित समय : ०६:२६ बजे



















