गृहपृष्ठ माओवादी केन्द्रको उपाध्यक्षमा थप ५ जना

माओवादी केन्द्रको उपाध्यक्षमा थप ५ जना

माओवादी केन्द्रको उपाध्यक्षमा थप ५ जना

नेकपा माओवादी केन्द्रले पाँच जना नेताहरुलाई उपाध्यक्षको जिम्मेवारी दिने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

नेताहरुका अनुसार बिहीबार नै बैठकमा प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने बताइएको थियो । तर बैठक सफल हुन सकेन   माओवादी स्रोतका अनुसार देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् ।

वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने प्रचण्डले यसअघि नै नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् । कृष्णबहादुर महरालाई पनि उपाध्यक्ष कै जिम्मेवारी दिइएको छ ।

प्रकाशित समय : ०६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु