global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ हिन्दुराष्ट्र निर्माणका लागि भन्दै राप्रपाको चन्दा संकलन

हिन्दुराष्ट्र निर्माणका लागि भन्दै राप्रपाको चन्दा संकलन

हिन्दुराष्ट्र निर्माणका लागि भन्दै राप्रपाको चन्दा संकलन

हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ ।

जुन बिहिबारदेखि सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका छन् । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा. धवल शमशेर राणालाई दिइएको छ।

वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन कोष वृद्धि अभियान थालिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले डिजिटल माध्यमबाट समेत चन्दा दिन सकिने बताएको छ । तर निर्वाचनको मुखै थालिएको अभियान हिन्दुराष्ट्रभन्दा पनि चुनावी खर्चको जोहो त होइन ? भन्ने प्रश्न उब्जिएको छ ।

प्रकाशित समय : ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु