काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विद्यार्थी बोकेको डुंगा दुर्घटना, २५ जना घाइते

11.03K
shares

दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुंगा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार आज बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुंगा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि सिक्टामा अध्ययनका लागि जान लागेका थिए । लमही–९ तरुलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्यनरत १६ वर्षीय सन्दिप विकको लमहीमा उपचार जारी रहेको छ । यीबाहेक अन्य सबै विद्यार्थीको अवस्था सामान्य रहेको छ ।

विद्यार्थी सवार डुंगा पल्टिएपछि उनीहरुका कापी, किताब, झोला सबै भिजेर नष्ट भएका छन् । दुर्घटना भएको देख्नेबित्तिकै स्थानीयवासीले बालबालिकाको उद्धार गरेका थिए ।