global ime bank Long Banner Ad

गृहपृष्ठ सेयर बजारमा सुधार, कारोबार रकम कति ?

सेयर बजारमा सुधार, कारोबार रकम कति ?

सेयर बजारमा सुधार, कारोबार रकम कति ?

सेयर बजारमा आज सुधार देखिएको छ । बजार परिसूचक नेप्से २७.५६ अंकले बढेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ५.४१ अंकले बढेको छ ।

बजारमा आज २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर बिक्री भएको छ । दिनभरिमा ४१ हजार ५७१ पटकको खरिदबिक्रीसँगै २ अर्ब ५ कराेड ७९ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।

बिहीबार सबै उपसूचकमा हरियाली छन् । बैंकिङ समूहको ७.६१, विकास बैंक ११७, वित्त कम्पनी ५३.९३, जलविद्युत ७२.३४, जीवन बिमा ५२.२०, उत्पादन तथा प्रशोधन समूहको ५३.२०, माइक्रोफाइनान्स ६१.४१, निर्जीबन बिमा समूहको उपसूचक ५६.५० अंकले बढेको छ ।

आज १७१ कम्पनीको सेयर बढेको, १२ वटाको घटेको र ३ वटाको उही मूल्यमा कारोबार भएको छ । मदांकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो, श्वेतगंगा हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु