global ime bank Long Banner Ad

गृहपृष्ठ महाअभियोग सिफारिस समितिको बैठक बस्दै

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोगबारे छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरवारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ ।

१ फागुन २०७८ मा राणाविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । त्यतिबेलादेखि उनी निलम्बनमा परेका छन् ।

जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

बैठकको एजेण्डा समितिको आन्तरिक कार्यविधि निर्माण र पारित गर्ने रहेको छ । साथै समितिको संयोजक चयन गर्ने विषयमा पनि छलफल हुनेछ । बुधबारबाटै निलम्बित प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु हुनेछ ।

समितिको सदस्यमा ११ जना रहेका छन् ।

प्रकाशित समय : १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु