गृहपृष्ठ माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । आसन्न निर्वाचनको तयारीबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका सर्त र चुनावी रणनीतिबारे छलफल हुनेछ ।

‘बाबुराम र वामदेवको निर्वाचन क्षेत्र, उनीहरुलाई दिने सिटको संख्या लगायतबारे आजको बैठकमा छलफल हुन्छ,’ माओवादी केन्द्रको स्थायी समितिका एक जना सदस्यले भने ।

वामदेव गौतम प्युठानबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । उनले प्रदेशमा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । बाबुराम भट्टराई गोरखाबाट चुनाव लड्ने तयारीमा छन् । तर त्यही क्षेत्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत लड्ने तयारी गरेकाले थप संकट परेको छ ।

मंगलवारको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई माओवादीको चिह्न गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्न स्वीकृती दिने निर्णय गरेको थियो ।

प्रकाशित समय : ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु