काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

12.16K
shares

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । आसन्न निर्वाचनको तयारीबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका सर्त र चुनावी रणनीतिबारे छलफल हुनेछ ।

‘बाबुराम र वामदेवको निर्वाचन क्षेत्र, उनीहरुलाई दिने सिटको संख्या लगायतबारे आजको बैठकमा छलफल हुन्छ,’ माओवादी केन्द्रको स्थायी समितिका एक जना सदस्यले भने ।

वामदेव गौतम प्युठानबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । उनले प्रदेशमा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । बाबुराम भट्टराई गोरखाबाट चुनाव लड्ने तयारीमा छन् । तर त्यही क्षेत्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत लड्ने तयारी गरेकाले थप संकट परेको छ ।

मंगलवारको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई माओवादीको चिह्न गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्न स्वीकृती दिने निर्णय गरेको थियो ।