global ime bank Long Banner Ad

गृहपृष्ठ मधेस प्रदेश सरकारको आन्दोलन स्थगित

मधेस प्रदेश सरकारको आन्दोलन स्थगित

मधेस प्रदेश सरकारको आन्दोलन स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरूद्धको आन्दोलन स्थगित गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह जनकपुर आएको दिन मंगलबार प्रदेश सरकारले आन्दोलन रोकेको हो । मुख्यमन्त्री लालबाबु राउतसँग आईजीपी सिंहले भेटघाट पनि गरेका छन् । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले मुख्यमन्त्री राउतसँग भेटवार्ता गरेका हुन् ।

आईजीपी सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आएका हुन् । सो कार्यक्रममा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह सहभागी भएका थिए ।

प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो ।

निर्वाचनपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधामन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरेको मुख्यमन्त्री राउतले बताए ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले निर्वाचनपछि प्रहरी समायोजन गर्ने सरकारले आफूकहाँ प्रतिबद्धता गरेको धर्नास्थलमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

गृह तथा सञ्चारमन्त्री साहको नेतृत्वमा आन्दोलन सुरू गरिएको थियो ।

प्रकाशित समय : १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु