काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीलंकाली राष्ट्रपतिद्वारा खर्च कटौती गर्न सरकारी निकायलाई निर्देशन

9.95K
shares

श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघेले यहाँका सबै सरकारी निकायहरूलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिएका छन् ।

उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका सरकारी निकायहरुलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिएका हुन् । राष्ट्रपति विक्रमासिंघेको सञ्चार सचिवालयले सो कुराको जानकारी दिएको छ ।

सो सचिवालयले राष्ट्रपतिको उक्त निर्देशन श्रीलंकाका सबै मन्त्रालयल, केन्द्रीय विभाग, प्रान्तीय सरकारका प्रमुख विभागहरू तथा अन्य सरकारी निकायका लागि रहेको पनि बताएको छ ।

श्रीलंकाले पछिल्ला केही वर्षयता आर्थिक चुनौतीहरुसँग सामना गरिरहेको छ । श्रीलंकाले हाल सामना गरिरहेको आर्थिक संकटको समाधानका लागि देशभित्रका सरकारी तथा गैरसरकारी निकायहरूका पनि विभिन्न शीर्षकमा खर्च कटौती गरिरहेको पनि बताइएको छ ।

राष्ट्रपति विक्रमासिंघेले सरकारी निकायहरुलाई नयाँ भवन निर्माणका काम नगर्न, भवन तथा जग्गा भाडामा नलिन पनि दिर्नेशन दिएको समाचारमा जनाइएको छ ।