global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ १४.२९ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको खुद नाफा

१४.२९ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको खुद नाफा

१४.२९ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको खुद नाफा

नागरिक लगानी कोषको खुद नाफा १४.२९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा लगानी कोषले ८८ करोड ७८ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ७७ करोड ६८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, ब्याज आम्दानी १६ करोड ३३ लाख रुपैयाँबाट बढेर २२ करोड ५० लाख रुपैयाँ पुगेको छ । हाल नागरिक लगानी कोषको सेयर पुँजीमा ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी, असार मसान्तसम्म आइपुग्दा नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३९ पैसाले बढेर वार्षिक १५ रुपैयाँ पुगेको छ भने यसको प्रतिसेयर नेटवर्थ पनि २११ रुपैयाँ ५० पैसाबाट बढेर २३८ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु