काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रेमिट्यान्स भित्र्याउने सीमा बढ्यो

9.45K
shares

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भित्र्याउने सीमासम्बन्धी नयाँ प्रावधान ल्याएकाे छ । साेअनुसार अब नेपाली, विदेशी तथा नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था तथा शाखा कार्यालयले १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाउनेछन् ।

एकीकृत परिपत्र-२०७८ लाई परिमार्जन गर्दै यस्ता कार्यालय वा व्यक्तिले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत प्रयोजनका लागि फिर्ता नहुने गरी रेमिट्यान्स भित्र्याउन सक्ने व्यवस्था गरिएकाे राष्ट्र बैंकले जनाएकाे छ । विदेशी नागरिक, फर्म, कम्पनी वा संस्थाबाट प्राप्त हुने रकम रेमिट्यान्स कम्पनीमार्फत ल्याउन मिल्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि, यस्तो रेमिट्यान्स १० लाख रुपैयाँसम्म मात्र ल्याउन मिल्ने व्यवस्था थियो । रेमिट्यान्स ल्याउन स्वीकृति दिने कम्पनीले रकम संकलन तथा भुक्तानी गर्दा ग्राहक पहिचानका लागि कागजातहरू अनिवार्य लिनुपर्नेछ । उक्त कारोबारसम्बन्धी विवरण मासिक रूपमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा बुझाउनुपर्नेछ ।

यस्तै, उक्त परिपत्रमार्फत राष्ट्र बैंकले एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याएका वाणिज्य बैंकहरूलाई विदेशी विनिमय जोखिम हेजिङ गर्ने प्रयोजनका लागि ऋणको बक्यौता सावाँ तथा ब्याज बराबर हुने रकमसम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्सको खरिद कारोबार गर्न सक्ने व्यवस्था गरेको छ ।