गृहपृष्ठ खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ
खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ
उपत्यका खानेपानी लिमिटेड, महांकाल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ ।
प्रकाशित समय : १५:२९ बजे



















