nmb bank

गृहपृष्ठ वीरगञ्ज महानगरबासीलाई १० हजार बोरा युरिया मल उपलब्ध गराउने

वीरगञ्ज महानगरबासीलाई १० हजार बोरा युरिया मल उपलब्ध गराउने

वीरगञ्ज महानगरबासीलाई १० हजार बोरा युरिया मल उपलब्ध गराउने

पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ ।

यसका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार चार बुँदे सहमति समेत भएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले किसानका माग अनुसारको मल मल उपलब्ध गराउन समन्वय गरेका थिए । किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल सोमबार नियन्त्रणमा लिएका थिए ।

सहमतिपछि त्यो मल वीरगञ्ज महानगरलाई बुझाइएको थियो ।

प्रकाशित समय : ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु