nmb bank

गृहपृष्ठ कास्कीकोटमा दहीको होली

कास्कीकोटमा दहीको होली

कास्कीकोटमा दहीको होली

तपाईँले कहिल्यै दहीको होली खेल्नु भएको छ ? छैन होला । किनकि दहीको होली खेलिदैन, बरु मज्जाले खाइन्छ । होली त रंगहरुको खेलिन्छ । तर अब तपाईँले दहीकै होली खेल्न पाउनु हुने भएको छ । आगामी शनिबार पोखरामा दहीको होली खेलिदैछ ।

कास्कीको पोखरा महानगरपालिका-२४ कास्कीकोटमा कृष्ण जन्माष्टमीको अवसरमा ‘दही जात्रा’ आयोजना हुँदै आएको छ । यही जात्रा ‘दहीको होली’ खेल्ने पर्व भनेर स्थानीयमाझ चर्चित छ ।

जात्रालाई निरन्तरता दिंदै यस वर्ष पनि दहीको होली खेलिने आयोजक गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले कृष्ण जन्माष्टमीको अवसरमा भदौ ४ गते शनिबार श्रीकृष्ण रथ यात्रा तथा दही जात्रा आयोजना हुने जानकारी दिए ।

जात्रामा सहभागीहरुले एक-अर्कालाई टाउको, अनुहार र शरीरमा दही दलिदिन्छन् ।

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु