गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : प्यालेससँग बराबरीमा रोकियो लिभरपुल
इंग्लिस प्रिमियर लिग : प्यालेससँग बराबरीमा रोकियो लिभरपुल
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेलेको छ । योर्गन क्लोपको लिभरपुलले नयाँ सिजनका सुरुआती दुवै खेलमा बराबरी खेलेपछि दबाबमा आएको छ ।
एनफिल्डमा भएको खेलमा पनि एकै अंकमा चित्त बुझाएपछि लिभरपुलको दुई खेलबाट दुई अंक भएको छ । उसका लागि एक गोलले पछाडि परेको स्थितिमा लुइस डियाजले ६१ औं मिनेटमा गोल गरे ।
त्यस अगाडि ३२ औं मिनेटमा विलफ्रेड जाहाले प्यालेसका लागि गोलको खाता खोले । लिभरपुल ५७ मिनेटयता १० खेलाडीमा सीमित थियो र उसका महँगा खेलाडी डारविन नुनेजलाई रातो कार्ड देखाइएको थियो ।
प्रकाशित समय : ०७:१३ बजे

















