nmb bank

गृहपृष्ठ फोहोरका गाडी रोक्न मेस चलाएर आन्दोलन चर्काउँदै

फोहोरका गाडी रोक्न मेस चलाएर आन्दोलन चर्काउँदै

फोहोरका गाडी रोक्न मेस चलाएर आन्दोलन चर्काउँदै

सोमबार बिहान पनि बञ्चरेडाँडाबासी सडकमा आए । राजनीतिक दलका प्रतिनिधिसहित भेला भएका स्थानीयले काठमाडौंबाट फोहोर बोकेर बञ्चरे डाँडा ल्याण्डफिल साइट जान लागेका गाडीहरुलाई बीच बाटोमै रोकिदियो ।

आन्दोलनरत स्थानीयले संयुक्त रुपमा खाना बनाए, मेस चलाए र फोहोर बोकेका गाडीलाई रोके ।

लगातारको अवरोधपछि प्रहरीको थप टोली पुग्यो । नुवाकोट र धादिङका साथै काठमाडौंबाट गएको प्रहरी टोलीले चारैतिरबाट घेरेपछि स्थानीयले सडक छाडे ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक ९एसपी० रमेश पण्डितका अनुसार फोहोर फाल्न २५० प्रहरी खटाइएको थियो भने ब्याकअपमा थप फोर्स थियो । धादिङको धुनीवेशी गाउँपालिकातर्फ स्थानीयले ४० वटा ट्रक सडकमै रोकेका थिए । प्रहरीले बल प्रयोग गरेपछि स्थानीयबासिन्दा पछाडि हटे ।

त्यही मौकामा ५० टिपरले फोहोर बञ्चरेडाँडामा खसाल्यो । तर फेरि स्थानीयले अवरोध गरे । उनीहरुले डाँडामा बसेर गुलेली समेत हानेका थिए ।

काठमाडौं महानगरपालिकाका अनुसार सोमबार दिनभरमा बञ्चरेडाँडामा २०० टिपर फोहोर खसालिएको छ ।

तर अहिले पनि स्थानीय मेस चलाएरै सडकमा डेरा जमाएर फेरि विरोध र अवरोधकै कामलाई निरन्तरता दिन लागिपरेका छन् ।

प्रकाशित समय : ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु