global ime bank Long Banner Ad

गृहपृष्ठ अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता

अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता

अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग ३० हजार घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा अधिकृत क्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस माग गरी १४ हजार बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार उनको साथबाट बरामद भएको पुष्टि हुन आएको आयोगले जनाएको छ ।

क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर गरेको भन्दै आयोगले बिगो ४४ हजारसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा जरिवानाको सजायको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

प्रकाशित समय : १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु