global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभाको आजको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठक स्थगित

प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

आजको पहिलो बैठक पनि गणपूरक संख्या अपुग भएपछि स्थगन भएको थियो । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक संख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिएका थिए ।

गणना हुँदा गणपूरक संख्या ६९ हुनुपर्नेमा उपस्थिति संख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई निर्णयार्थ प्रस्तुत गर्न गणपूरक संख्या अपुग भएको हो ।

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु