गृहपृष्ठ सेयर बजार : सबै समूहको परिसूचक घट्यो
सेयर बजार : सबै समूहको परिसूचक घट्यो
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । आज नेप्से २७.९२ अंकले घटेर बन्द भएको हाे ।
नेप्से १.३७ प्रतिशतले घटेर २०१०.०१ को विन्दुमा पुगेको छ । आज २२७ कम्पनीका ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच भएको छ । यस दिन एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार २८१ रुपैयाँबराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि १.२१ प्रतिशतले घटेर ३८६.९४ को विन्दुमा पुगेको छ । आज सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०.८ प्रतिशतले घटेको छ ।
यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक २.७२ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.५८ प्रतिशतले, जीवन बिमा समूहको उपसूचक २.४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.२६ प्रतिशतले घटेको छ ।
हाइड्रोपावर समूहको उपसूचक १.८६ प्रतिशतले घटेको बजारमा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक १.३१ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक १.०९ प्रतिशतले, बैंकिङ समूह ०.६७ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज १.१३ प्रतिशतले घटेको छ ।
प्रकाशित समय : १६:०० बजे



















