गृहपृष्ठ इमर्जिङ नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न

इमर्जिङ नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न

इमर्जिङ नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न

इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न गरेको छ ।

कम्पनीले आफ्नो ७औं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको आकामा होटलमा बिहीबार एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप आयोजना गरेको हो । कार्यक्रमको अध्यक्षता इर्मजिङ नेपालका संचालक समितिका अध्यक्ष लालमनी जोशीले गरेको थिए भने प्रमुख अथिति उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए ।

उक्त संस्थाले केयर रेटिङ नेपाल, होटल एलीस, विफिन, निफ्रा, खिम्ती-२ हाईड्रोपावरलगायत विभिन्न पुर्वाधार विकासमा लगानी गरेको छ । कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ नेपालले पुर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए ।

उनले आगामी दिनमा विभिन्न विकासका पुर्वाधारहरुमा लगानी गर्दै जाने, लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तर्ता दिने, व्यवसायीलाई कन्सल्टीङ सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए । कार्यक्रममा बैंक तथा वित्तिय संस्था, क्यापीटल मार्केट र प्राइभेट फर्मलगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित समय : १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु